दफा ३०
अन्य संस्थालाई समाहित गर्न सक्ने
: (१) प्रचलित कानून बमोजिम स्थापना भई सञ्चालन भएका स्वास्थ विज्ञान सम्बन्धी कुनै संस्था प्रतिष्ठानसँग समाहित हुन चाहेमा प्रतिष्ठानले त्यस्तो संस्थालाई प्रतिष्ठानमा समाहित गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम संस्था समाहित गर्ने सम्बन्धी आधार तथा कार्यविधि तोकिए बमोजिम हुनेछ ।